kumari
stcnepal

सभापति देउवाले भने गठबन्धनलाई धोका दिन मिल्दैन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुलाई धोका दिन नमिल्ने बताएका छन् । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा देउवा आफू गठबन्धनको बलमा प्रधानमन्त्री बनेको र चुनावको मुखमा धोका दिन नमिल्ने बताए ।

बैठकमा देउवाले बोलेको उदृत गर्दै सहमहामन्त्री किशोरसिंह राठोरले भने– ‘मैले त ओलीले संसद् विघटन गर्दा नै चुनावमा जाऔँ भनेकै हुँ । त्यो बेला सबैले गठबन्धन भनेर मलाई त्यस्ता लगेको हो । म पार्टीको निर्णय अनुसार नै गठबन्धनको नेतृत्वमा पुगेको हुँ, गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, अहिले चुनावको मुखमा धोका दिन मिल्दैन ।’

प्रधानमन्त्री देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको र आफूले त्यही अनुसार गठबन्धन दल सँग सहमति गरेको भन्दै त्यसको कार्यान्वयन गर्न सबै दृढ भएर लाग्नुपर्ने बताए । सहमहामन्त्री राठोरले बैठकमा नेताहरूले फरक–फरक धारणा राखेपनि स्थानीय अवस्था र आवश्यकतामा आधारित गठबन्धन गरेर अघि बढ्नुपर्ने निष्कर्ष रहेको बताए ।

 

 

footer