kumari
stcnepal

ललितपुर महानगरको प्रमुख कांग्रेसलाई दिने सहमति

काठमाडौं । पाँच दलीय गठबन्धनमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ । महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी रहेको कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठले बताए ।

‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ’, उनले भने । निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको हो ।

शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले बताए । आन्तरिक तयारी गरिरहेको र परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्ने पनि उनले बताए । महालक्ष्मी र माहाँकाल गाउँपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भने भएको छैन ।

 

 

footer