kumari
stcnepal

माकुनेले भने अपमानपूर्ण ब्यबहार गरियो

काठमाडौं, बैशाख ३ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाटफँट गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित पार्टीको कार्यक्रममा नेपालले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले कुन तहमा किन दाबी गर्न लागेको हो भन्ने कुरा स्पष्टसग राख्नुपर्ने बताउनुभयो । जुन पार्टीको जति शक्ति हो त्यसको आधारमा दाबी गर्नुपर्ने नेपालको भनाइ थियो ।

उहाले पार्टी कार्यकर्ता स्वभावैले चुनावमा उम्मेदवार बन्न पाउनुपर्ने दाबी गर्ने तर हारेपछि पार्टीमा नै सक्रिय सम्म नहुने कुरा नेताहरूले बुझ्नुपर्ने बताउनुभयो । सत्तारुढ गठबन्धनका दलहरू बीच एमालेले २०७४ सालमा जितेका स्थानीय तहमा पहिलो दाबी गर्ने अधिकार एकीकृत समाजवादीको भएको नेपालले बताउनुभयो ।

अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टी सँग सहमति हुन नसकेमा जो सँग सहमति हुन्छ त्यो पार्टी सँग चुनावी तालमेल गर्ने र कसैसग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी कार्यकर्ताहरूलाई अगाडि बढ्न पनि निर्देशन दिनुभयो । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले आफ्नो शक्तिका आधारमा दाबी गरेको पनि नेपालको भनाइ थियो । एकीकृत समाजवादीको केही अर्थ छैन भनेको प्रति उहाले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

 

 

footer