kumari
stcnepal

भोलि सम्म सत्ता गठबन्धनले महानगरको भागवण्डा टुंगो लगाउने

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबार सम्म टुंगो लगाउने भएको छ।

आज आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलि सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् ।

यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्र बाटै गर्ने सहमति गरिसकेको छ । त्यस्तै सबै प्रदेशमा तालमेलको अवस्था बारे सोमबार नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । गठबन्धनले स्थानीय तहको तालमेलको अवस्था बारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।

 

 

 

footer