kumari
stcnepal

मौका पाउने बित्तिकै राप्रपाले राजसंस्था ल्याउँछ : अध्यक्ष लिङदेन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दल सँग तालमेल नहुने स्पष्ट पारेका छन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनता बीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उनले दावी गरे ।


त्यस्तै लिङ्देनले राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्र समेत घोषणा गर्ने उनको भनाइ छ । नयाँ सम्झौता अन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय संस्थाको रुपमा राजसंस्था रहने र जनता बाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनले बताए ।

धनुषाको विरन्द्रबजारमा पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर जानुभएको थियो ।

 

 

footer