kumari
stcnepal

महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेल बारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दैछ । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

जनमोर्चा नेता हिमाल पुरीका अनुसार बैठक बाट सिटको बाँडफाँट बारे निर्णय हुन सक्नेछ । माओवादी केन्द्रले भरतपुर महानगरपालिका सँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । आइतबार बसेको गठबन्धन बैठकमा दलहरुले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप-महानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ ।

यस्तै जसपाले दुई महानगर र तीन उपमहानगरपालिका दाबी गरेको छ । तर काँग्रेसले सबै ठाउँमा दाबी गरेको छ । गठबन्धन भित्र यसले सिटको भागबण्डा नै टुंगिएको छैन । स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिमा पनि सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।

 

 

 

footer