kumari
stcnepal

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भने चुनाव सार्ने चेष्टा नगर्नुहोस

सोलखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’

उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’उनले ५ दलीय गठबन्धन बाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसै तर्फ लागिरहेको बताए ।

 

 

footer