kumari
stcnepal

एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरे डोल्पाका दुई गाउँपालिका अध्यक्षले

काठमाडौं । डोल्पाको काइके गाउँपालिका अध्यक्ष र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् ।

२०७४ को स्थानीय तहमा काइके गाउँपालिका अध्यक्ष राना एमाले बाट र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरुङ स्वतन्त्र बाट निर्वाचित भएका थिए ।

 

 

 

footer