kumari
stcnepal

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजानिक गर्ने

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए ।


घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने छ । यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने सार्वजनिक गरिसकेका छैनन् ।

 

 

 

footer