kumari
stcnepal

सिमरा उपमहानगरपालिका वडा अध्यक्ष एवम् स्थानीय एमाले नेता अस्लम देवान माथि सांघातिक हमला

कलैया । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष एवम् स्थानीय एमाले नेता अस्लम देवान माथि सांघातिक हमला भएको छ । देवानले आफूलाई एमालेकै स्थानीय नेताहरूले ज्यान लिने उद्देश्यले आक्रमण गरेको आरोप लगाएका छन् ।

मंगलबार बेलुकी ६ः४५ बजे तिर मोनालिसा कोइला डिपो अगाडि ६ वडा अध्यक्ष देवान र उनका दुई दाजु-भाइ माथि आक्रमण भएको अस्लमका भतिजा अरबाग देवानले बताए । तीनै जनाको नारायणी बयोधा अस्पतालमा उपचार भैरहेको छ । मुटुका बिरामी समेत रहेका वडाध्यक्ष देवानका दाजु नाजिरको अवस्था गम्भीर छ । अस्लम देवान २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले टिकट नदिएपछि माओवादी वाट लडेर चुनाव जितेका थिए ।

चुनाव जितिसकेपछि फेरि उनी एमालेमै फर्किएका थिए । अहिले पनि उनी एमाले बाट वडा अध्यक्षको दाबेदार हुन् । २०७४ सालको निर्वाचनमा देवान सँग प्रतिस्पर्धा गरेका एमालेका मुस्तकिम अन्सारीले आफू माथि आक्रमण गराएको आरोप देवानले लगाएका छन् । ‘फेरि पनि एमालेले मलाई नै टिकट दिने पक्कापक्की भएको देखेर मेरो ज्यान लिएर आफूले टिकट लिने योजनासहित आक्रमण भयो,’ उनले भनेका छन् ।

देवानले आफू माथि हमला गर्न एमाले नेता मुस्तकिम अन्सारी सहित चाँद महमद मिया मन्सुरी, राजामहमद मिया मन्सुरी, अनवारुल मिया मन्सुरी, ईलताफ मिया अन्सारी र सन्तुल्लाह मिया गरी ६ जना संलग्न रहेको आरोप लगाएका छन् ।

 

 

footer