kumari
stcnepal

मकवानपुरमा एमाले र राप्रपा नेपाल बीच तालमेल हुने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन आपसमा तालमेल गरेर जाने भ एसँगै प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि साना दल सँग तालमेल गर्ने भएको छ । सोही क्रममा एमालेले राप्रपा नेपाल सँग तालमेल गर्ने निर्णय गरिसकेको छ । सोही अनुसार मकवानपुरमा नेकपा एमाले र राप्रपा नेपाल बीच भागबण्डा मिलाउन प्रयास भइरहेको छ । दुवै दलले पार्टीको आन्तरिक बैठकलाई तीव्रता दिनुका साथै जिल्लामा भागबण्डा मिलाउन संयुक्त बैठक समेत गरेका छन् ।

राप्रपा बाट पूर्वअध्यक्ष कमल थापा अलग भइ राप्रपा नेपाल ब्युँताएपछि मकवानपुरमा राप्रपाको शक्ति विभाजित अवस्थामा छ । मकवानपुरमा राप्रपाको सिङ्गो जिल्ला कमिटी नै राप्रपा नेपालमा समाहित भए पनि केही नेता तथा कार्यकर्ता पुनः राप्रपामै फर्किएका छन् ।राजसंस्थाको एजेण्डा त्यागेर हिन्दु राष्ट्रको वकालत गर्दै कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी निर्वाचनमा एमाले सँग गठबन्धन गरी सूर्य चिह्न बाट चुनाव लड्दै छ । मकवानपुर कमल थापाको गृहजिल्ला पनि हो । त्यसैले एमालेले यहाँ राप्रपा नेपाललाई सम्मानजनक भाग दिने प्रस्ताव गरिसकेको स्रोत बताउँछ ।

एमाले र राप्रपा नेपालले मकवानपुरको वडा र पालिका तह बाटै भागबण्डाका विषयमा निर्णय लिने उद्देश्य अनुसार छलफल सुरु गरेका छन् । भागबण्डाका बारेमा निर्णय लिन पालिकास्तरको जनमतलाई पनि आधार मान्ने जनाइएको छ ।राप्रपा नेपालले मंगलबार एमाले सँगको छलफलमा एउटा प्रमुख र ५ उपप्रमुख सहित विगतमा एमालेले हारेका वडामा राप्रपा नेपालका उम्मेदवारलाई टिकट दिन माग गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जनाए ।

 

 

footer