kumari
stcnepal

लोसपाका नेता यादव एमालेमा प्रवेश गर्ने

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादव (बारा) ले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप नेता यादवको रहेको छ ।

उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । उनी तत्कालीन राजपाको सह महामन्त्री थिए । लोसपा बनेपछि हाल सम्म कार्यकारिणी समिति बाहेक अरू कुनै समिति बनेको छैन । त्यसमा पनि उनको गुनासो रहेको छ । उनी एमाले पार्टीमा जाने तयारी गरिरहेका छन् । स्रोतका अनुसार नेता यादवले एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली सँग पटक–पटक छलफल गरेका छन् । केही दिनमै उनी एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।

 

 

 

 

footer