kumari
stcnepal

हेटौंडामा कांग्रेसको चेतावनी, मेयर नपाए एकल उम्मेदवारी दिने निर्णय

काठमाडौं । स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमति प्रति नेपाली कांग्रेसको नगर समितिले असहमति जनाएको छ ।

उक्त सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै कांग्रेसले निर्णयलाई पनरावलोकन गरी कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरु बीच सहमति गर्न माग गरेको छ ।

यो निर्णयको पुनरावलोकन नभएमा हेटौंडामा गठबन्धनका दलहरु सँग मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसले बताएको छ ।

हेटौंडा उपमहानगरपालिका समितिका नगर सभापति उत्सव इटनीले विज्ञप्ति जारी गरी नगर समितिका पदाधिकारी र सबै वडाका सभापतिको बैठकले मेयरको टिकट नपाए गठबन्धनका दलहरु सँग कांग्रेस मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए ।

 

 

 

footer