kumari
stcnepal

जनकपुर काँग्रेस पनि असन्तुष्ट, बिद्रोह गर्ने धम्की

काठमाडौं । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा) को भागमा परेपछि धनुषा काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।

यहीबीच गठबन्धनको निर्णय आएपछि धनुषा काँग्रेसको बैठक बसेको छ । काँग्रेसका नेता एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले गठबन्धनको निर्णय प्रति पार्टीका अधिकांश नेता तथा कार्यकर्ताको असहमति रहेको बताए । त्यसबारेमा छलफल गर्न बैठक बसिरहेको उनले बताए ।

काँग्रेसका अर्का नेता रामकृष्ण यादवले पनि गठबन्धनको यो निर्णयले आश्चर्य लागेको प्रतिक्रिया दिए । यसबारेमा पार्टीको बैठकले आवश्यक निर्णय लिने उनले बताए ।

 

 

footer