kumari
stcnepal

ठोरी गाउँपालिका-१ का वडाध्यक्ष कुँवर माओवादी केन्द्र परित्याग गरी जसपामा प्रवेश

काठमाडौं । पर्साको ठोरी गाउँपालिका-१ का वडाध्यक्ष रामप्रकाश कुँवर नेकपा माओवादी केन्द्र परित्याग गरी जनता समाज पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जसपाले काठमाडौंमा बुधबार आयोजना गरेको ठोरी-काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रममा कुँवर जसपामा प्रवेश गरेका हुन् । वडाध्यक्ष कुँवरलाई जसपाका केन्द्रीय सदस्य अञ्जन शाक्य लगायतका नेताले पार्टी प्रवेश गराएका थिए ।

माओवादी केन्द्र बाट निर्वाचित वडाध्यक्ष कुँवर ठोरी गाउँपालिकाको प्रवक्ताको समेत भूमिका निर्वाह गरेका जनप्रतिनिधि हुन् । ठोरीको विकासको सवालमा जसपाका नेताहरुको भिजन राम्रो रहेका कारण आफू जसपामा प्रवेश गरेको कुँवरले बताए ।

 

 

footer