kumari
stcnepal

ढुङ्गाना र आर्चायलाई नेपाल राष्ट्र बैंकको संचालकमा नियुक्त गर्न सरकारले प्रकृया अघि बढायो

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त दुई सञ्चालकका लागि सरकारले दुई जनाको नाम स्वीकृतिका निम्ति निर्वाचन आयोगमा पठाएको छ । सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि पठाएको हो ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आचारसंहिता लगाएकाले कुनै पनि नियुक्तिका लागि आयोगको स्वीकृति चाहिन्छ । सोही कारण सरकारले स्वीकृतिका लागि आयोगमा पत्र पठाएको हो ।

आयोगको स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकले आचार्य र ढुंगानालाई राष्ट्र बैंक सञ्चालक समितिमा नियुक्त गर्नेछ । आचार्य राष्ट्र बैंक बाट अवकाश प्राप्त पूर्वकार्यकारी निर्देशक हुन् भने ढुंगाना बैंक तथा वित्तीय संस्थाको सञ्चालक भइसकेका व्यक्ति हुन् । राष्ट्र बैंक सञ्चालक बाट श्रीराम पौडेल र रामजी रेग्मीको अवकाश भएपछि दुई सञ्चालक रिक्त छ ।

 

 

 

footer