kumari
stcnepal

पर्सी जेष्ठ २ गते नेपाल एयरलाइन्सले काठमाडौ – भैरहवा उडान गर्ने, दुई थरीको भाडा सार्वजनिक

काठमाडौं ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ । २ जेठदेखि नै कुवेत बाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो ।

काठमाडौं बाट बिहान ६ बजे उड्ने यो जहाज भैरहवा बाट भने ८ बजे काठमाडौंका लागि उड्ने भएको छ । यो दिन ए३२० न्यारोबडी जहाजले उडान गर्ने भएको छ । यसअघि नेवानिले वाइडबडी जहाज ३३० बाट परीक्षण उडान गरिएको थियो । यो दिन यात्रुले टिकट काटेर उडान गर्न पाउने छन् । नेवानिले ४ हजार ५१० र ७ हजार ४० रुपैयाँ गरी दुई प्रकारको मूल्य सार्वजनिक गरेको छ । टिकट मोवाइल एप र वेवसाइट बाट लिन सकिने भएको छ ।

 

 

footer