kumari
stcnepal

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रको प्यानल विजयी

रुकुमपूर्व ।रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली विजयी भएका हुन् । उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार कर्णबहादुर बुढालाई पछि पार्दै २३४ मत ल्याएर विजयी हासिल गरेका हुन् । कर्णबहादुरले १८९ मत पाएका छन् ।

माओवादी केन्द्र बाटै २३९ मत ल्याएर दलित महिला सदस्यमा मायाधन कामी, २४३ मत ल्याएर औसी बुढा महिला सदस्यमा, २३४ मत ल्याएर मनिराम मुन र २३६ मत ल्याएर खाल पुन खुला सदस्यमा विजयी भएका छन् । पुथाउत्तरगंगाको वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानल नै निर्वाचित भएको थियो ।

 

 

footer