kumari
stcnepal

सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने

सप्तरी ।सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टी स्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो ।

जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि झडप हुँदा मतदान स्थगित गरिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो ।

शनिबार गाउँपालिका कार्यालयमा बसेको सबै दलका उम्मेदवार, प्रतिनिधि, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीको बैठकले जेठ २ गते बिहान ७ बजे देखि उक्त ठाउँमा मतदान गर्ने निर्णय गरेको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।

यस्तै डाक्नेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिरवा मतदान केन्द्रमा स्थगित भएको निर्वाचन पनि २ गते नै हुने भएको छ ।

 

 

footer