kumari
stcnepal

ओखलढुंगामा सिद्धिचरण नगरपालिका वडा नम्बर १२ मा कांग्रेसको विजयी सुरुवात

ओखलढुंगा ।सिद्धिचरण नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । निवर्तमान वडाध्यक्ष समेत रहेको नेकपा एमालेका विनोद श्रेष्ठलाई ३० मतले पराजित गर्दै कांग्रेसका उमंग श्रेष्ठले जित हासिल गरेका हुन् ।

कुल खसेको मतमध्ये उमंग श्रेष्ठले ३७८ मत ल्याए भने विनोद श्रेष्ठले ३४८ मत प्राप्त गरे । २०७४ को स्थानीय निर्वाचनमा पनि यी दुई बीच कडा प्रतिपस्र्धा भएको थियो । त्यसबेला उनी श्रेष्ठ सँग १६ मतले पराजित भएका थिए ।

जारी मतगणनामा सिद्धिचरण नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन तर्फका उम्मेदवार अगाडि छन् ।

 

 

footer