kumari
stcnepal

अखिल नेपाल राष्ट्रियस्ता विद्यार्थी यूनियन (क्रान्तिकारी)को पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग

3

काठमाडौं ।अखिल नेपाल राष्ट्रियस्ता विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । नेपाल सरकार र नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी नेपाली जनताको ढाड सेक्ने काम गर्दै आएको भन्दै सङ्गठनले त्यसको विरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य बढिरहेको छ, जसले गर्दा आम सर्वसाधारण नेपाली जनताको चुल्हो समेत नबल्ने गरी जीवन धान्नै मुस्किल बन्न पुगेको छ । नेपाली जनतालाई राहत दिनुको सट्टा पटक-पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनता प्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ।’

 

 

 

footer