kumari
stcnepal

युगान्डा विरुद्ध नेपालको पहिलो जित

काठमाडौं ।युगान्डा विरुद्ध घरेलु मैदानमा आयोजित ऐतिहासिक टी–२० शृंखलाको चौथो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ । अघिल्ला तीनै खेलमा पराजित भएर शृंखला गुमाएको नेपालले विहीबार १५ रनको जित रचेको हो ।

वर्षाका कारण मैदानमा पानी जमेपछि ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो ।

 

footer