kumari
stcnepal

नेपालले युगान्डालाई ३४ रनले पराजित गर्यो, शृंखला चाही युगान्डालाई

काठमाडौं ।महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको छ। अन्तिम दुई खेलमा जित निकाले पनि सिरिज भने अघिल्लो तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले जितिसकेको छ ।

शनिबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले युगाण्डालाई १२४ रनको लक्ष्य दिएको थियो । तर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै युगण्डाले जम्मा ९० रन मात्र बनाउन सक्यो ।

युगान्डाका लागि भने ओपनरद्वय केविन अविनोले १५, फियोना कुलुमी र साकिरा साडिकले ८- ८, जनेत बाबाजीले १०, रीता मुसामानी २६, सुसन ककाइले ७ रन जोडिन् । नेपालका लागि ईन्दु बर्मा र सीता राना मगरले २/२ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र हिरनान्माये रोयले समान १/१ विकेट लिए ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९, कविता जोशीले अविजित १८, सीता राना मगरले १७, अप्सरी बेगमले ११, इन्दु बर्माले ८ रन जोडे ।

 

 

footer