kumari
stcnepal

एन्फा अध्यक्षमा कर्मा छिरिङको पुन: अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाकझ आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुन: अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार तिनकुने स्थित रोएल ब्यांकेटमा एक कार्यक्रमका बीच कर्मा छिरिङले आगामी चार वर्षे कार्यकालका लागि पुन: उम्मेदवारी घोषणा गरेका हुन् ।

‘नेपाली फुटबलको संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्वसायिकता हाम्रो अभियान’ भन्ने नारा सहित कर्मा प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।

कर्मा छिरिङ शेर्पा अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार), उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, उपाध्यक्षमा उपेन्द्रमान सिंहको उम्मेदवारी घोषणा भएको छ ।

 

 

footer