kumari
stcnepal

१० अंकले बढ्यो नेप्से

काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २७ अंकले बढेर २,१२३ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ११८ वटा कम्पनीको शेयर मुल्य बढेबो छ भने ५९ कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा उपसूचक बाहेक सबै बढेका छन् । आज दिनभरिमा २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको १२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्सको ९ करोड ९२ लाख रुपैयाँको रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँको रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नयाँ सारथी लघुवित्त वत्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

footer