kumari
stcnepal

लडेर भिरमा अड्किएका एक जनालाई सशस्त्र प्रहरीले गर्यो उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिमखेत स्थित भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटो बाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भीरमा अड्किएका थिए ।

घटना बारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्ची बाट खटिएको संयुक्त टोलीले हिजो शनिबार शेर्पाको उद्धार गरेको हो ।

 

footer