kumari
stcnepal

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नम्बर १ थलान्ना देखि कल्खे सम्म र वडा नम्बर ४ को लौठी देखि रिल्म हुँदै बिगोठी सम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको भन्दै निमित्त कार्यकारी अधिकृत प्याकुरेल सहित ४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्याकुरेल सँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब-इन्जिनियर विनोद थापा र ठेकेदर गणेश भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनीहरुले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको दावी छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिना देखि ३ वर्ष सम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ ।

footer