kumari
stcnepal

पहिलो दिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता

काठमाडौं।निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्‍यको निर्वाचनमा भाग लिन उनीहरुलाई आयोगले दल दर्ताको लागि आह्वान गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । यस्तै दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबार देखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सुरू गरेको हो ।

footer