kumari
stcnepal

२०७८ को मदन पुरस्कार अग्नि का लम्साल र जगदम्बा उदय का श्रेष्ठ लाई

काठमाडौं ।२०७८ सालको मदन पुरस्कार ‘अग्नि’का लेखक डा. नवराज लम्सललाई प्रदान गरिने भएको छ । त्यस्तै, जगदम्बा श्री पुरस्कार बनारस बाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने निर्णय गरेको मदन पुरस्का गुठीले जनाएको छ । बुकहिल बाट प्रकाशित ’अग्नि’ले बाँकी सात कृतिललाई पछि पार्दै पुरस्कार जितेको हो ।

केही समयअघि मदन पुरस्कार गुठीले उत्कृष्ट ८ कृतिको मनोनयन सार्वजनिक गरेको थियो । मनोनयनमा डा. लम्सालको ‘अग्नि’ सँगै डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रिष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’ डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सतिः ईतिहास र मीमांसा’, पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ पुस्तक श्रेष्ठ सूचीमा परेका थिए ।

गुठीका कुन्द दिक्षितले एक ट्वीट लेख्दै यस वर्षको जगदम्बा श्री बनारस बाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार लम्सालको ‘अग्नि’लाई दिइने उल्लेख गरेका हुन् ।

footer