kumari
stcnepal

जीडीपीको आधारमा वेलायतलाई उछिन्दै भारत पाँचौ स्थानमा

काठमाडौं ।कुल गार्हस्थ उत्पादन अर्थात जीडीपीको आधारमा  वेलायतलाई उछिन्दै भारत पाँचौ स्थानमा उक्लिएको छ । ब्लूमबर्गले निकालेको पछिल्लो आँकडा अनुसार भारतले सन् २०२२ को मार्चामा वेलायतलाई उछिनेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएफएफको तथ्यांकलाई आधार मानेर ब्लूमबर्गले निकालेको आँकडा अनुसार भातरको अर्थव्यवस्था ८५४.७ अर्ब डलरको र वेलायतको अर्थ व्यवस्था भने ८१६ अर्ब डलरको छ ।

एक महिना अघि मात्र स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउने बताउँदै आएका छन् । जीडीपीमा वेलायतलाई उछिने पनि प्रतिव्यक्ति आयमा भारत निक्कै पछि छ । वेलायती नागरिकको प्रतिव्यक्ति आय ४७ हजार डलर भन्दा धेरै छ । तर भारतमा भने प्रतिआय २ हजार डलर मात्र छ । १३८ करोड जनसंख्या भएको भारतले ६ करोड ७२ लाख जनसंख्या भएको वेलायतलाई जीडीपीमा उछिन्नुको कुनै अर्थ नभएको आर्थिक विश्लेषकहरु बताउँम्छन् । भारतका वरिष्ठ पत्रकार तथा आर्थिक विश्लेष्क एमके वेणुले भने, ‘अर्थव्यवस्थाको आकारमा भारतले वेलायतलाई त पछि पार्नु नै थियो, यो ठूलो कुरा भएन, देशका नागरिकको आर्थिक स्थिति सुध्रिनु चाहीं ठूलो र महत्वपूर्ण कुरा हो ।’

जेएनयूका प्राध्यापक तथा आर्थिक मामिला विशेषज्ञ अरुणकुमार भन्छन्, ‘भारतको जनसंख्या वेलायतको भन्दा २० गुण बढी छ, हाम्रो जीडीपी उनीहरुको बराबर हुनुको मतलब हामी प्रतिव्यक्ति आयमा २० गुणा पछि छौं भन्ने हो । यस्तो स्थितिमा वेलायत र भारतको अर्थ व्यवस्थाको तुलना गर्न सही हुन्न ।’ कोरोना महामारी तथा रसिया–युक्रेन युद्धको असरले युरोपेली देशको अर्थव्यवस्थालाई नकरात्मक असर गरेको छ । तर यस्तो बेलामा पनि भारतको अर्थव्यवस्था सुधारिनुले राम्रो संकेत गरेको छ भन्छन् शेयर बजार कारोबार सम्बन्धी अध्ययन गर्ने संस्था केडिया क्यापिटल्सका रिसर्च प्रमुख अजय केडिया ।

उनी भन्छन्, ‘भारत विश्वमै पाँचौं ठूलो अर्थ व्यवस्था भएको देश बनेको छ, हामीले देखेका छौं कि भारतले पछिल्लो १० वर्षमा वा सन् १९९० को दशकमा जे कदम उठाएको थियो अहिले त्यसको असर देखिएको हो ।’ जीडीपीको आधारमा अमेरिका पहिलो आर्थिक शक्ति हो । दोश्रोमा चीन, तेश्रोमा जापान र चौथोमा जर्मनी छन् ।

footer