kumari
stcnepal

चीनको दक्षिण पश्चिम क्षेत्रमा भूकम्प, ४६ जनाको निधन

काठमाडौं ।चीनमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण पश्चिम चीनमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्पबाट कम्तीमा ४६ जनाको निधन भएको छन् ।

सिचाआन प्रान्तमा स्थानीय समय अनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो । भूकम्पको केन्द्रबिन्दु चेङ्डु बाट २२६ किलोमिटर दक्षिण पश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको निधन भएको बताएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडक चिरा परेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको छ ।

footer