kumari
stcnepal

यसरी हुनेछ एलिजावेथ द्वितीयाको अन्त्येष्टी

काठमाडौं ।बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भयो, जो बेलायतमा सबैभन्दा लामो समय गद्दीमा थिइन् । सन् १९५२ मा गद्दी सम्हालेकी उनले ७० वर्षसम्म शासन गरिन् ।बाल्मोरलमा परिवारको सदस्यहरुको बीचमा उनको निधन भएको हो । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई साता लामो हुनेछ ।

उनको शवलाई बाल्मोरल बाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ । त्यहाँ बाट राजपरिवारका सदस्य र सैन्य अधिकारी सहित शव यात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइनेछ ।एलिजाबेथ द्वितीयको शव चार दिन वेस्टमिन्स्टर हलमै राखिने छ । त्यसका लागि साजसज्जायुक्त मञ्च निर्माण गरिनेछ । त्यहाँ निशान छापको झन्डा ओढाइन्छ भने राजदण्डलाई पनि शव सँगै राखिने छ । सर्वसाधारणलाई श्रद्धाञ्जली अर्पण गर्न दिइने छ, जसमा लाखौं सहभागी हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

सन् २००२ मा रानी एलिजावेथ द्धितीयकी आमाको शव पनि यहीँ राखिएको थियो र २ लाख भन्दा बढी सर्वसाधारणले श्रद्धाञ्जली दिएका थिए । महारानीको समाधि समारोह भने वेस्टमिन्स्टर एबी (चर्च) मा गरिने छ, जहाँ उनको विवाह र राज्यारोहण समारोह पनि भएको थियो । समाधिको मिति दरबारले घोषणा गरेको छैन । तर निधन भएको १० देखि १२ दिन भित्र हुने अनुमान छ । समाधिका दिन जलसेनाको विशेष वाहनमा महारानीको शवलाई वेस्टमिन्स्टर हल बाट एबीमा लगिने छ ।

समाधि समारोहमा नयाँ राजा सहित राजपरिवारका सदस्य सामेल हुने छन् भने प्रधानमन्त्री लिज ट्रसले शोक मन्तव्य दिन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।शवलाई पदयात्रा मार्फत वेस्टमिन्स्टर एबी बाट वेलिङ्टन आर्क लगिनेछ र शवलाई शववाहनमा राखिने छ । शववाहनले विन्डसर क्यासलको सेन्ट जर्ज च्यापेल (चर्च)मा शव लैजान्छ भने त्यहाँ अन्तिम प्रार्थना सभा हुनेछ । त्यहाँ रोयल भल्टमा समाधिस्थ गरिनेछ ।

footer