kumari
stcnepal

कृषि बिकास बैकको ४ करोड घोटला काण्डमा पूर्वजर्नेल र उनकी प्रेमिकालाई जेल सहित ठुलो जरिवाना

काठमाडौं ।कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँ भन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई ४ वर्ष कैद सजाय भएको छ । उनकी प्रेमिका भनिएकी बैंककै कर्मचारी दीपिका रेग्मीलाई भने ८ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतले सोमबार उनीहरुलाई उक्त सजाय सुनाएको हो । त्यसअघि न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ ७ गते दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुई सहित ८ जना विरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरु विरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । आरोपित बाँकी ६ जनाले भने सफाइ पाएका छन् । रेग्मी बैंकमा टेलर सहायक पदमा कार्यरत थिइन् ।

footer