kumari
stcnepal

रूस र चीनका राष्ट्रपति बीच भेटवार्ता

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङ बीच भेटवार्ता भएको छ । रुसले युक्रेन माथि हमला गरेपछि पहिलो पटक बिहीबार उज्बेकिस्तानको समरकन्दमा दुई नेता बीच भेटवार्ता भएको हो ।

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको ‘सन्तुलित अडान’का लागि धन्यवाद दिएका छन् । चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथापि दुवै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि गत फेब्रुअरीमा आयोजित शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा सी र पुटिन बीच भेट भएको थियो ।

footer