kumari
stcnepal

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो

काठमाडौं ।भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ ।

शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्य अनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिन सम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो ।

त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ । हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ । निगमले सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणाली बाट मूल्य तय गर्नुपर्ने व्यवस्था छ ।

यद्यपि हाल निगमले पहिलेको सञ्चित घाटा देखाउँदै मूल्य घटेर आउँदा पनि समायोजनमा बेवास्ता गर्ने तर बढेर आउँदा बढाउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार (साढे १ बजे) डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ तथा ब्रेन्टको ९१ डलर हाराहारीमा कारोबार भएको छ ।

footer