kumari
stcnepal

गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

footer