kumari
stcnepal

कोरोनाका संक्रमितको संख्या घट्दै आज थपिए ७४ जना संक्रमित

काठमाडौं ।देशभर ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट ३९ तथा एन्टिजेन विधि बाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको छ । पछिल्लो २४ २४ घण्टामा कोरोना सङ्क्रमितको निधन भएको छैन । महामारीमा हालसम्म देशमा १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

footer