kumari
stcnepal

इन्टरनेट सेवा सँगै टिभी प्याकेज रोक्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सँगै टीभी सहितको प्याकेज बजार बेच्न रोक लगाउन निर्देशन दिएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बुधवार एक सूचना जारी गर्दै इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सेवा सँगै आईपीटीभी, अप्टिकल नेटवर्क युनिट तथा राउनटरहरूको प्याकेज बनाएर सेवा दिने गरी बण्डलिङ गर्न नपाउने भन्दै निर्देशन दिएको हो ।

प्राधिकरणले स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्ने गरी ‘क्रस सब्सिडी’ समेत हुने भएकाले हालको कानूनी व्यवस्था विपरीत यस्तो बण्डलिङ गर्न नपाइने बताएको छ । बण्डलिङ गरेर इन्टरनेटले सेवा बेच्नु गैरकानूनी भएको भन्दै प्राधिकरणले सम्बन्धित इन्टरनेट सेवा प्रदायकलाई बण्डलिङको सेवा दिन र प्रचार नगर्न निर्देशन दिएको हो ।

बण्डलिङ गरेर इन्टरनेट कम्पनीहरूले सेवा दिइएको पाइए कानूनी कारवाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

footer