kumari
stcnepal

मुख्यसचिवले नै ठगलाई संरक्षण दिएका हुन् त ?

 

काठमाडौ । मुख्यसचिव शंकरदास बैरागी लगायत अन्य केही उच्च तहका व्यक्तिहरुसँग निकट सम्बन्ध रहेको भन्दै पाल्पा निवासी भेषराज लुइटेलले ठगी धन्दा चलाएको रहस्य खुलेको छ । लुइटेलबाट ठगिनेमा ग्यालेक्सी स्कुलकी सञ्चालिका एवं संविधानसभाकी पूर्व सभासद् गीता राणाकी छोरी ज्योत्सना सिंह समेत लुइटेलको ठगी धन्दाको शिकार भएकी छिन् ।
त्यो ठगी धन्दा प्रहरी हुँदै अदालतसम्म पुगेको थियो । लुइटेलले सिंहसँग ३५ लाख रुपैँया लिएको र लुइटेलले आफूले भनेको काम गर्न नसकेपछि सिंहलाई नविल बैंकको चेक दिएका थिए तर उक्त चेक सिंहलाई दिएपनि खातामा पैसा नभएकाले गर्दा लुइटेल बैंकिङ्ग कसुर मुद्दामा दण्डित भएका थिए । अदालतले २६५÷२०६७÷५÷१४ गते सिंहलाई दिएको चेक र लुइटेलको खातामा पैसा नभएपछि उनी बैकिङ्ग कसुर मुद्दामा दोषी ठहरिएका थिए ।
पछिल्लो समय उनै लुइटेलले मुख्य सचिव सहित उच्च तहमा बसेका व्यक्तिहरुसँग सम्बन्ध राम्रो रहेको भन्दै ठगी धन्दा चलाईरहेकाले दर्जनौँं व्यक्तिहरु पिडित भएको भन्दै केहीले प्रहरीमा उजुरी गरेको सूत्रले दाबी गरेको छ ।
ठुला ठुला ठेक्का मिलाई दिनेदेखि मालदार कार्यालयमा सरुवा गरि दिने बढुवा गरिदिने तथा विदेशमा छोराछोरीलाई छात्रबृत्ति मिलाई दिने सम्मका आश्वासन दिएर लुइटेलले आफ्नो ठगी धन्दालाई जारी राखेका छन् । चेक बाउन्स कसुरमा उनी पक्राउ परेपछि उनलाई अदालतले दोषी ठहर गरेको थियो ।
मुख्य सचिवको नाम बेचेर धन्दा चलाउँदै आएका लुइटेल पक्राउ परेपनि दबाव र प्रभावको भरमा एक÷दुई दिनमै छुट्ने गरेकाले गर्दा पिडित व्यक्तिलाई उनले विभिन्न व्यक्तिहरुमार्फत धम्क्याउने गरेको पिडितहरुले बताएका छन् । लुइटेलले विनोद चौधरी देखि एभरेष्ट होटलका सञ्चालक मसुर अहमद लारिञ्चोक केबलकारका सञ्चालक तथा लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटी समेतलाई ठग्न भ्याएका छन् ।
बबरमहलमा जग्गा भएका एक रायमाझी खलक समेत उनीबाट ठगिएका छन् । चुनावको बेला टिकट दिलाई दिने भन्दै केही व्यक्तिहरुबाट समेत उनले मोटो रकम लिएको पिडितहरुले बताएका भएपनि यस विषयमा मुख्य सचिव मौन रहनु भनेको मौन सहमति दिएको लक्षण नै हो, त्यसैले अब मुख्य सचिवले यस विषयमा बोल्नुपर्दछ ।

footer