kumari
stcnepal

बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं ।बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यसअघिका प्रशिक्षम मोहमद अल्मुताइरी सँगको विवादका कारण टोली बाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् । रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । चोटका कारण सुनिल बल टोलीमा परेका छैनन् ।

प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन् । उनले खेलअघि कप्तान घोषणा गर्ने बताए । नेपालले असोज ११ गते बंगलादेश सँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

नेपाली टिम

गोलकिपर: किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु

डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी

footer