kumari
stcnepal

राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा परेको रिट माथि आज सुनुवाइ हुँदै

काठमाडौं ।नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्चमा परेको रिट माथि आज सुनुवाइ हुँदै छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतल निवास विरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँच वटा रिट परेको थियो ।

राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको छ । साथै, रिट मार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेश लगायत उपयुक्त आदेश माग गरिएको छ ।

अधिवक्ता सागर बराल, सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा रिट दर्ता दायर गरेका हुन् । उक्त रिट सँगै अन्य कानुन व्यवसायीहरुले पनि थप चार वटा रिट दर्ता गराएका छन् । सबै रिट एकै प्रकृतिका हुनाले आज एकै इजलासमा हेरिने भएको छ ।

footer