kumari
stcnepal

चारपांग्रे सवारी साधनलाई आज देखी न्यूरोड प्रवेशमा रोक, खुल्लामञ्चमा पार्किङ

काठमाडौं आज देखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो ।

यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गते सम्म कायम रहने कार्यालयले जनाएको छ ।फूलपातीको दिन सम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभए सम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सवारी चाप कम गरी दुर्घटना न्यनीकरण गर्न यस्तो व्यवस्था गरिएको भन्दै ट्राफिक कार्यालयले तोकिएकै ठाउँमा पार्किङ गर्न आग्रह गरेको छ ।

footer