kumari
stcnepal

कुमारी बैक र एनसीसी बैक मर्ज हुने प्रारम्भिक समझदारी

काठमाडौं। कुमारी र एनसीसी बैंक बीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंक बीच सोमवार दिउँसो काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै बैक बीच बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता भएको छ ।

समझदारीपत्र अनुसार शेयर आदान–प्रदान (स्वाप) रेसियो १ बराबर १ रहेको छ । यी दुई बैंकलाई मर्जरमा जान नियामक नेपाल राष्ट्र बैंकले दबाब दिँदै आएको थियो । मर्जर तथा एक्विजिशन मार्फत् बैंकको संख्या घटाउन केन्द्रीय बैंकले यी दुई बैंकलाई मर्जरमा जान दबाब नै दिएको थियो । मर्जरमा जाने समझदारीपत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । यी दुई बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेछन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

footer