kumari
stcnepal

सन्दीप लामिछाने विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको डिफ्युजन नोटिस जारी

काठमाडौं ।नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीप विरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने एक प्रहरी अधिकारीले जानकारी दिए ।

सन्दीप माथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफू विरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपाल बाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्ने समेत पत्ता लगाउन सकेको छैन । प्रहरी प्रवक्ता टेकप्रसाद राईले सन्दीपको खोजी गर्ने सबै प्रक्रिया अपनाएको प्रतिक्रिया दिए ।

footer