kumari
stcnepal

आज पनि सत्ता गठबन्धनका शिर्ष नेत्ताहरूको बैठक बस्दै, सिटबाडँफाड टुग्यो लगाउने

​काठमाडौं ।सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्ने भएको छ । बिहान ८ बजे शीर्ष नेताहरू सहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुई वटा मापदण्ड तय गरेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन् ।

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

footer