kumari
stcnepal

शेखर कोइराला पक्षले नेपाली कांग्रेसको कार्यलयमा आज धर्ना दिने

काठमाडौं ।नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदैछ । गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।

शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टा सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइने अभियानले जनाएको छ ।

१४ गते सम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ ।

footer