kumari
stcnepal

डेंगी हुनेको संख्या २७ हजार भन्दा बढी, निधन हुनेको संख्या ३६ पुग्यो

काठमाडौं ।डेंगी संक्रमण बाट यसवर्ष निधन हुनेको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ ।

हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ । उपत्यका बाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या दुई सय भन्दा माथि रहेका जिल्लामा काभे्र, धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला रहेका छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुई सय भन्दा कम रहेको महाशाखाको तथ्यांक छ । नेपालमा डेंगी संक्रमण नियन्त्रण बाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको वरिष्ठ विज्ञहरु बताउँछन् ।

त्यसका लागि सरकारका सबै तह र जनस्तर बाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ ।

 

footer