kumari
stcnepal

समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन : दिनेश कोइराला

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएको बताएका छन् । सभापति शेरबहादुर देउवालाई एक पत्र लेखी उनले समानुपातिक तर्फ अंश, वंश र अर्थप्रेरित उम्मेदवारलाई राख प्रत्यक्ष तर्फका उम्मेदवार समेत समस्यामा पर्ने बताएका छन् ।

समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरुलाई समानुपातिक उम्मेदवारका रुपमा प्रस्ताव गरिनुपर्ने उनको भनाइ छ ।समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्म विपरीत पहुँचवाला, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरुलाई प्रस्ताव गरिएको उनको टिप्पणी छ । समानुपातिक उम्मेदवार चयन गर्दा पार्टी भित्रको खास गुट, खास परिवार र खास नेताहरुको तावेदारीहरुलाई प्राथमिकता दिइएको उल्लेख गर्दै नेता कोइरालाले रोष प्रकट गरेका छन् ।

‘समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन’ उनले बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा बुझाएको पत्रमा छन्, ‘समानुपातिक तर्फ अंश, वंश र अर्थ प्रेरित उम्मेदवारहरुलाई प्रस्ताव गरिँदा त्यसको दुष्प्रभाव प्रत्यक्षमा लड्ने उम्मेदवारहरुलाई समेत पर्ने देखिन्छ ।’ समानुपातिक सिट आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश कांग्रेसले देशव्यापी रुपमा दिनुपर्ने भन्दै उनले ध्यानाकर्षण पत्र मार्फत ६ बुँदे सुझाव दिएका छन् ।सुझावको पहिलो बुँदामै भनिएको छ, ‘संघ तथा प्रदेश संसदमा एका घर परिवार तथा दम्पती बाट एक जना भन्दा धेरैलाई अवसर नदिइयोस् ।’

उम्मेदवार प्रस्ताव भएकाहरुले पार्टीभित्र जिम्मेवार पदमा आफ्नो नातागोता को को छन् भन्ने खुलाउनुपर्ने पनि केन्द्रीय सदस्य कोइरालाले बताएका छन् । ‘जिम्मेवार पदमा बसेका नेताहरुले आफ्नो परिवार तथा वंशलाई आफ्नो व्यक्तिगत प्रभाव प्रयोग गरेर अवसर दिने दिलाउने काम नगर्ने सार्वजनिक प्रतिवद्धता गरुन्’ भन्ने पनि नेता कोइरालाको आग्रह छ ।

footer