kumari
stcnepal

आज थपिए ३८ जना कोरोना संक्रमित, १ एकको निधन

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा एक जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित एक हजार १२२ जना रहेका छन् ।
footer