kumari
stcnepal

दललाई निर्वाचन परिणाम निराशाजनक हुने

 

निर्वाचनको मिति आउन अब दुई दिनमात्र बाँकी रहेको बेला सबै राजनीतिक दलहरुले आ आफ्नो शक्ति लगाएर निर्वाचनको परिणाम आ आफ्नो पक्षमा पार्न लागि परेका छन् । कम्युनिष्ट पार्टी विभाजित अवस्थामा भएका र कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका हुनाले त्यही गठबन्धनले धेरै सिटमा हात पार्ने उनीहरुले बताइरहेका छन् । यो निर्वाचनको परिणामले नेपाली कांग्रेस सबै भन्दा ठुलो पार्टी हुने सम्भावना देखिएको छ भने नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो पार्टी हुन सक्छ । नेकपा एकीकृत समाजवादी, राप्रपा, जनता समाजवादी मध्यका एक पार्टी चौथो र पाँचौमा पुग्न सक्ने अहिले सम्मको प्रतिस्पर्धाले देखाएको छ ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीसँग सत्ता गठबन्धन गरेको र कांग्रेसले सत्ताकै लागि राजनीतिक गरेको आरोप कांग्रेसमाथि लाग्दै आएको छ । २०७४ सालको संघीय संसद र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले संघीय संसदको १ सय ६५ सिट मध्ये २३ सिटमा मात्र जित हाँसिल गरेको थियो । कांग्रेस र नेकपा एमालेले संघीय संसदको समानुपातिक तर्फ झण्डै बराबरी मत पाएका थिए । अहिले कांग्रेसले १ सय ६५ सिटमध्ये ९१ सिटमा मात्र आफ्ना उम्मेदवार उठाएको हुनाले यस पटकको निर्वाचनमा कांग्रेसले संघीय संसदको प्रत्यक्षतर्फ ५० देखि ५५ सिटसम्म जित हाँसिल गर्न सक्छ ।
समानुपातिक तर्फ उसले बढीमा ३५ देखि ४० सिटसम्म हाँसिल गर्न सक्ने अवस्था देखिएको भएपनि सत्ता गठबन्धनले गर्दा ७४ निर्वाचन क्षेत्रमा पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार नभएकोले गर्दा समानुपातिक तर्फ ती क्षेत्रका प्रदेशसभामा उम्मेदवार रहेका व्यक्तिहरुलाई प्रदेश सभाको प्रत्यक्ष तर्फका उम्मेदवारले पाएको मत सरह समानुपातिकमा मत पाउन सक्ने अवस्था देखिएको छैन ।
निर्वाचन हुनु अघि नै कांग्रेसले संघीय संसदको प्रत्यक्ष तर्फ ७४ सिटमा पराजित भईसकेको छ । माओवादी केन्द्रले संघीय संसदको प्रत्यक्ष तर्फ डा. बाबुराम भट्टराई सहित ४७ सिटमा उम्मेदवारी दिएको छ भने उसले ११८ सिटमा पराजित भईसकेको छ । नेकपा समाजवादीले १८ सिटमा मात्र आफ्ना उम्मेदवार उठाएको हुनाले उसले १ सय ४७ सिटमा पराजित भईसकेको छ । राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट २ निर्वाचन क्षेत्र पाएको छ । प्रत्यक्षतर्फ सत्ता गठबन्धनका सबै दलले गरी करिब ९० देखि ९५ सिट सम्ममा जित हाँसिल गर्न सक्ने सम्भावना रहेको छ । समानुपातितर्फ उनीहरुको सबैले गरि बढीमा ५० देखि ५५ सिट ल्याउन सक्छन् । यो अहिले सम्मको आंकलनमात्र हो ।
निर्वाचनको परिणामपछि कस्तो समिकरण बन्छ र को प्रधानमन्त्री बन्दछ भन्ने अनुमान सामान्यतया लगाउन सकिने अवस्था भएपनि कांग्रेस र माओवादी केन्द्र मध्येबाट को पहिलो प्रधानमन्त्री बन्दछ भन्ने अहिले नै आंकलन गर्न सकिने अवस्था रहँदैन । कांग्रेस सभापति शेरबहादुर देउवा बाहेकका अन्य नेताहरुले समेत आफूलाई प्रधानमन्त्रीको दाबेदार रहेको उद्घोष गरिसकेका हुनाले त्यो निर्वाचनको सम्पूर्ण नतिजाले नै निर्धारण गर्न सक्ने अवस्था रहेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेको दलहरुले गठबन्धन नै गरेर निर्वाचनमा गएका भएपनि उनीहरुले आफूहरु सोचेजस्तो परिणाम ल्याउन असफल भएका थिए । स्थानीय तहको निर्वाचनको परिणामले नेकपा एकीकृत समाजवादीलाई निराशा बनाएको थियो भने अहिलेको संघीय संसद र प्रदेशसभाको निर्वाचनमा पनि नेकपा एकीकृत समाजवादीको पक्षमा निराशाजनक नै परिणाम आउने संकेत देखिएको छ । १ सय ६५ सिटमध्ये जम्मा १८ सिटमा मात्र उम्मेदवार उठाएकोले संघीय संसदमा उसका ५÷७ जना बाहेक अन्यले निर्वाचन जित्न सक्ने अवस्था नभएको र समानुपातिकतर्फ उसले सन्तोषजनक मत पाउन सक्ने सम्भावना नदेखिएकाले गर्दा यस पटकको निर्वाचन नेकपा एकीकृतलाई हतोत्साहित बनाउने प्रायः निश्चित जस्तै रहेको छ । केही साना दलको उपस्थिति पनि संसदमा रहन सक्ने सम्भावना समेत देखिएको छ ।
संघीय संसदको समानुपातिकतर्फ जम्मा १ सय १० सिटमात्र रहेकाले सबै दलले आफ्नो दलले पाएको मत संख्याका आधारमा सिटको भागवण्डा हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । यस पटकक १ जना समानुपातिक सांसद बन्नका लागि करिब १ लाख १२ हजार देखि १ लाख १८ हजारको आवश्यकता पर्न सक्छ । केही साना राजनीतिक दलहरुले समेत जम्मा खसेको मतको ३ प्रतिशत मत पु¥याउन सक्ने र प्रत्यक्षतर्फ पनि उनीहरुले केही सिट जित्न सक्ने अवस्था रहेकाले गर्दा ठुला भनिएका दलहरुको समानुपातिक तर्फका उम्मेदवारहरुको संख्या घट्ने निश्चित जस्तै भएपनि त्यो सबै परिणाम थाहा पाउन मंसिर १०÷१५ गतेसम्म पर्खिनुपर्ने हामीले ठानेका छौँ ।
सत्ता गठबन्धनमा रहेको दल कांग्रेस भन्दा यस पटक नेकपा एमालेको समानुपातिकतर्फ केही प्रतिशत बढी मत आउन सक्ने भएको र एमालेले समेत प्रत्यक्षतर्फ ४५ देखि ५० सम्म आफ्ना उम्मेदवार जिताउन सक्ने भएकाले गर्दा कांग्रेस र एमालेबीचको भिन्नता बढीमा १० देखि १२ सम्मको हुनसक्छ । एमालेसँग तालमेल गरेका दलहरुको संसदको उपस्थितिमा १ सय १५ देखि १ सय ३० सम्मको संख्या एमालेसम्म पुग्न सक्ने आंकलन गर्नु अतियुक्ति नहोला भन्नेह हामीले ठानेका छौँ ।

footer